Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रयोगशालामा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2026
0 shares

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका इन्स्ट्यान्ट चाउचाउका निश्चित ब्याच बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न सम्बन्धित उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।

विभागका अनुसार बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाको परीक्षण गर्दा बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिबाट उत्पादित चार प्रकारका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत न्यूनस्तरको पाइएको हो। त्यसपछि विभागले ऐनको दफा ३८ को उपदफा (२) बमोजिम सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र उपदफा (४) अनुसार बिक्री–वितरण नगर्न वा नगराउन आदेश जारी गरेको जनाएको छ।

बजारबाट फिर्ता गर्न निर्देशन दिइएका उत्पादनमा गोलमोल ब्रान्डको २५ ग्राम इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. बी/बीएम२–सी–२०८३.०१.११, उत्पादन मिति २०८३/०१/११), वाईवाई ब्रान्डको ६० ग्राम इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. बी/बीएम१–एक्स–२०२६–०५–१४, उत्पादन मिति २०२६/०५/१४), प्रिमियम पिरो ब्रान्डको २५ ग्राम इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. बी/बीएम२–सी–२०८३.०१.२८, उत्पादन मिति २०८३/०१/२८) र मामा ब्रान्डको ६० ग्राम इन्स्ट्यान्ट नुडल्स (ब्याच नं. बी/बीएम१–एक्स–२०२६–०५–१३, उत्पादन मिति २०२६/०५/१३) रहेका छन्।

विभागले उपभोक्तालाई उल्लेखित ब्याच नम्बरका उत्पादन खरिद वा उपभोग नगर्न आग्रह गर्दै सम्बन्धित उत्पादक तथा वितरकलाई तत्काल बजारबाट ती उत्पादन फिर्ता गरी बिक्री–वितरण पूर्ण रूपमा रोक्न निर्देशन दिएको छ। साथै, खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्न बजार अनुगमन र प्रयोगशाला परीक्षणलाई निरन्तर कडाइका साथ अघि बढाइने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • July 19, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved