शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनले विद्यालय व्यवस्थापन समितिको अधिकार संकुचित गरेको, समुदायको भूमिकालाई कमजोर बनाएको तथा सार्वजनिक शिक्षालाई थप चुनौतीमा पारेको भन्दै तत्काल संशोधन सच्याउन सरकारसँग माग गरेको छ। अनामनगरस्थित शिक्षा पत्रकार समूहको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष काशीनाथ दंगालले नियमावलीका विभिन्न प्रावधानप्रति महासंघको […]
राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा विपन्न विद्यार्थीका लागि रु १ लाख १ हजारको अक्षयकोष स्थापना

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न, अभिभावकविहीन तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो तलबभत्ताबाट रु १ लाख १ हजारको अक्षयकोष स्थापना गरेका छन्। गाउँपालिकाअन्तर्गत रहेको सर्वोदय माध्यमिक विद्यालयमा स्थापना गरिएको उक्त अक्षयकोषबाट आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग प्रदान गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ। […]
बागमती प्रदेशसभामा उच्च शिक्षा र विद्युत् विकाससम्बन्धी दुई विधेयक दर्ता

मकवानपुर । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा शिक्षा र ऊर्जा क्षेत्रसँग सम्बन्धित दुई विधेयक टेबुल गरिएको छ। सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशभित्रको उच्च शिक्षालाई गुणस्तरीय, व्यवस्थित र समयानुकूल बनाउन ऐन संशोधन आवश्यक रहेको बताए। उनले प्रस्तावित संशोधनले प्रदेशअन्तर्गतका विश्वविद्यालयहरूको […]
एसएमसी फेडेरेसनको अध्यक्षमा काँसिनाथ दंगाल सर्वसम्मत, सामुदायिक शिक्षा सुधारमा स्थानीय अधिकारको जोड

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ (एसएमसी फेडेरेसन) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट काँसिनाथ दंगाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ। सम्मेलनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अपनत्व, प्रभावकारी विद्यालय व्यवस्थापन र अधिकारसम्पन्न विद्यालय व्यवस्थापन समितिको आवश्यकतामा विशेष जोड दिएको छ। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार आयोजित सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. […]
विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

कृष्ण कुँवर (कर्नेलियस) (गणेश शर्माको सहयोगमा) पर्वत। ५४औँ विश्व वातावरण दिवसको अवसरमा पर्वत जिल्लाको फलेबास नगरपालिका–२ स्थित श्री थापाठाना माध्यमिक विद्यालयमा इको क्लब गठन, सरसफाइ अभियान तथा वातावरणीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा १७ […]
सामुदायिक विद्यालयबाटै राष्ट्रिय कीर्तिमान : ख्वप माविकी साइसा खड्का नेपाल प्रथम

भक्तपुर । कक्षा १२ को वार्षिक परीक्षा २०८१ मा भक्तपुरको ख्वप माध्यमिक विद्यालयकी मेधावी छात्रा साइसा खड्काले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) अन्तर्गत जिपिए ३.९६ प्राप्त गर्दै नेपाल प्रथम हुन सफल भएकी छन् । उत्कृष्ट नतिजासँगै उनले भक्तपुर मात्रै नभई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई राष्ट्रिय स्तरमै चिनाउन सफल भएकी हुन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक […]
कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि

काठमाडौं । कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि देशभर औपचारिक रूपमा सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र का अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई आवश्यक तयारी गर्न पत्राचार गरिएको हो । नयाँ शैक्षिक […]
योगिना श्रेष्ठलाई ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति–२०८३’ प्रदान गरिने

भक्तपुर । धुलिखेलस्थित शब्दयात्रा प्रकाशनले पत्रकारिता विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत जेहेन्दार छात्रा योगिना श्रेष्ठलाई ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति–२०८३’ प्रदान गर्ने भएको छ। भक्तपुरको ख्वप कलेजमा अध्ययनरत श्रेष्ठलाई उक्त छात्रवृत्ति आगामी जेठ ९ गते शनिबार दिउँसो १२ः३० बजे बनेपास्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने विशेष समारोहबीच समर्पण गरिने जनाइएको छ। लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद […]
किर्ते विवादपछि सोमाङ गुठीमा तिर्थ हैकम अन्त्य: प्रशासनले बनाईदियाे जितबहादुरकाे नेतृत्वमा तदर्थ समिति

काठमाडौं । ललितपुरको गाेदावरि नगरपालिका–१२, ठेचो स्थित सोमाङ शैक्षिक गुठी तथा सोअन्तर्गत सञ्चालित सोमाङ एकेडेमीमा लामो समयदेखि चल्दै आएको विवादमा जिल्ला प्रशासन कार्यालय ललितपुरले हस्तक्षेप गर्दै नयाँ व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। ललितपुर जिल्ला प्रशासनले हालै जारी गरेको पत्रमार्फत संस्थाको वैधानिकता, कार्यसमिति र स्वामित्वसम्बन्धी विवाद समाधानका लागि जितबहादुर घलेको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन […]
मनपरि शुल्क असुल्ने विद्यालयहरु माथि छानबिन थालियाे

काठमाडौँ । भर्ना तथा अन्य विभिन्न शीर्षकमा विद्यालयहरूले गैरकानुनी रूपमा बढी शुल्क लिएको गुनासो बढेपछि सरकारले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र जारी गर्दै अवैध शुल्क असुलीबारे तथ्यगत छानबिन गरी आवश्यक कारबाही गर्न भनेको […]