प्रयोगशालामा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका इन्स्ट्यान्ट चाउचाउका निश्चित ब्याच बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न सम्बन्धित उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। विभागका अनुसार बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाको परीक्षण गर्दा बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिबाट उत्पादित चार प्रकारका चाउचाउ खाद्य […]
फिफा विश्वकपका तेस्रो स्थान र फाइनल खेल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार फिफा विश्वकप २०२६ अन्तर्गत आज राति हुने तेस्रो स्थानका लागि प्रतिस्पर्धा तथा भोलि राति हुने फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण गरिने भएको छ। यस निर्णयसँगै नेपाली फुटबल समर्थकले अतिरिक्त शुल्क नतिरी राष्ट्रिय प्रसारणमार्फत विश्वकपका अन्तिम दुई महत्वपूर्ण खेल हेर्न पाउने भएका छन्। मन्त्रीले […]
लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार श्री सुमन आचार्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त हुनुभएको छ। उहाँले बिहीबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको बैंकले जनाएको छ। बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा अनुभवी आचार्यले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रहेर काम गरिसक्नुभएको छ। उहाँको नेतृत्वले बैंकको […]
बालेन–गभर्नर छलफलपछि सेयर बजारमा हरियाली, नेप्से ७९.७४ अङ्कले उकालो

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच सेयर बजारका विषयमा भएको सकारात्मक छलफलपछि सेयर बजारमा उत्साह देखिएको छ। लामो समयदेखि बजार घट्दा निराश बनेका लगानीकर्तामाझ सरकार बजार सुधार र लगानीकर्ताको मनोबल उच्च राख्ने पक्षमा रहेको सन्देश प्रवाह भएको छ। यसको प्रत्यक्ष प्रभाव नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार […]
बालेन सरकारको कर सुधार: शिक्षा, स्वास्थ्यदेखि शेयर कारोबारसम्म ६ नयाँ कर व्यवस्था लागू

काठमाडौं। नेपाल सरकारले आजदेखि राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न ६ वटा नयाँ कर व्यवस्था लागू गरेको छ। सरकारले शिक्षा, स्वास्थ्य, विद्युत, शेयर कारोबार तथा डिजिटल यातायात सेवासँग सम्बन्धित क्षेत्रमा नयाँ कर प्रणाली कार्यान्वयनमा ल्याएको हो। सरकारले यी व्यवस्थाबाट राज्यको राजस्व वृद्धि, सार्वजनिक सेवा विस्तार तथा कर प्रणालीलाई आधुनिक र दिगो बनाउने लक्ष्य लिएको […]
अब ईभि खरिदमा २०% डाउनपेमेन्ट मात्र

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८३.८४ को मौद्रिक नीति मार्फत विद्युतीय सवारीसाधन कर्जा र ब्याज आम्दानीसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । विद्युतीय सवारी कर्जामा परिवर्तन नयाँ व्यवस्थाअनुसार ठूला विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्दा अब न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने भएको छ । यससँगै बैङ्क तथा वित्तीय संस्थाले यस्ता सवारी खरिदका लागि […]
रसुवामा १६ सिँचाइ कुलो स्तरोन्नति, ६ हजार ७०० भन्दा बढी किसान लाभान्वित

रसुवा । कृषि उत्पादन वृद्धि गर्दै जिल्लालाई अर्गानिक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित डिभिजन सिँचाइ कार्यालय रसुवाले चालु आर्थिक वर्षमा १६ वटा सिँचाइ कुलोको मर्मत तथा स्तरोन्नति गरेको छ। यसबाट एक हजार ६६५ घरधुरीका छ हजार ७०२ किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यालयले एक बहुवर्षीयसहित २१ वटा सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नतिको काम पनि […]
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ […]
आजदेखि देशभर पुनः १४.२ केजीको भरी ग्यास सिलिण्डर बिक्री वितरण

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि देशभर पुनः १४.२ केजी क्षमताको एलपी ग्यास (एलपीजी) सिलिण्डर बिक्री–वितरण सुरु गरेको जनाएको छ। निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतबाट हुने ग्यास आपूर्तिमा सुधार आएपछि साविककै परिमाणको ग्यास सिलिण्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख गरेको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास […]
‘कालो सुन’ अलैँचीले फेरिँदै लमजुङ : विदेशबाट फर्किएका युवाको रोजाइ बन्यो व्यावसायिक खेती

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँची खेतीले लमजुङका किसानको जीवनस्तर सुधार्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । विसं २०४१ देखि विस्तार हुन थालेको अलैँची अहिले जिल्लाको प्रमुख नगदेबाली बनेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत यस खेतीमा आकर्षित भएपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय […]