अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

कृष्ण कुँवर (कर्नेलियस) -अबुधाबी — अतिरिक्त समयको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका लागि निर्णायक गोल खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरे। ६२औँ मिनेटमा मैदान […]
साकाको ह्याट्रिकमा फ्रान्सलाई ६-४ ले हराउँदै इंग्ल्यान्ड विश्वकपको तेस्रो

काठमाडौं । बुकायो साकाको ह्याट्रिक प्रेरणामा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ ले पराजित गरेको छ। मियामी स्टेडियममा शनिबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफमा ४–० को अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा फ्रान्सको पुनरागमन प्रयासलाई विफल पार्दै कांस्य पदक जित्यो। खेलको तेस्रो मिनेटमै डेक्लान राइसले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। १८औं […]
विश्वकप २०२६ मा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा

कृष्ण कुँवर (कर्नेलियस), अबुधाबी । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। तनावपूर्ण खेलको ५५औँ मिनेटमा इङ्ल्यान्डका ए. जोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि अर्जेन्टिनाले लगातार दबाब सिर्जना गर्दै खेलमा पुनरागमन गर्यो। खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाका लागि बराबरी गोल […]
बङ्गलादेशमा हुने १०औँ दक्षिण एसियाली च्याम्पियनसिप सोतोकान कराँते प्रतियोगिताका खेलाडीलाई सिङ्गो सोतोकान टिमले भव्य बिदाइ

काठमाडौं । २०८३ आज असार ३० गते दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा बङ्गलादेशमा १६ तारिख र १७ तारिख हुने १०औँ दक्षिण एसियाली च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई विजयको अग्रिम शुभकामनासहित औपचारिक बिदाइ गरिएको छ। अजय बलोन तामाङ नेपालका गौरवशाली कराँते खेलाडी हुन्। उहाँले […]
जुड बेलिङ्घमले दुई गोल गर्दा नर्वेलाई धक्का, इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश,

अबुधाबी। इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको रोमाञ्चक भिडन्तमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको सुरुआती चरणमा नर्वेका आन्द्रेयास स्केल्डेरुपको ३६ औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए। एक गोलले पछि परेको इङ्ल्यान्ड पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा खेलमा फर्कियो। स्टार […]
बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

अबुधाबी। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको २०२६ फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे सम्पन्न खेलमा स्पेनले खेलको अन्तिम समयमा नाटकीय जित निकाल्न सफल भएको हो । खेलको ३० […]
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

अबुधाबी। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको पेनाल्टी मिस र त्यसपछिको उत्कृष्ट पुनरागमनको मद्दतले फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको जिलेट स्टेडियममा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा सुरक्षित गरेको हो । खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाती अग्रता लिने सुनौलो अवसर गुमाएको थियो […]
अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश!

अबुधाबी। फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिम र ६७औँ मिनेटमा मोस्तफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो। तर त्यसपछि अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरो, ८३औँ मिनेटमा कप्तान लियोनेल मेसी र […]
इङ्ल्यान्डद्वारा मेक्सिको ३–२ ले पराजित, इङ्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

अबुधाबी। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले ३६औँ र ३८औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए। त्यसपछि ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता ३–१ बनाए। मेक्सिकोका लागि जुलियन क्विन्योनेसले ४२औँ […]
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यो जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो। न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको अन्तिम चरणमा लगातार दुई गोल गर्दै ब्राजिललाई […]