मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ । यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीन वटै दल मन्त्रालयको सङ्ख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन् । मधेस सरकारमा हाल १२ वटा मन्त्रालय छन् । मन्त्रालय सङ्ख्या घटाएर ९ वटा मात्र राख्ने गृहकार्य सुरु भएको […]
कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै एमाले

काठमाडौं। नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो। यसअघि एमाले केन्द्रीय नेतृत्वले पनि प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो। बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको […]
बालेन सरकारको कर सुधार: शिक्षा, स्वास्थ्यदेखि शेयर कारोबारसम्म ६ नयाँ कर व्यवस्था लागू

काठमाडौं। नेपाल सरकारले आजदेखि राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न ६ वटा नयाँ कर व्यवस्था लागू गरेको छ। सरकारले शिक्षा, स्वास्थ्य, विद्युत, शेयर कारोबार तथा डिजिटल यातायात सेवासँग सम्बन्धित क्षेत्रमा नयाँ कर प्रणाली कार्यान्वयनमा ल्याएको हो। सरकारले यी व्यवस्थाबाट राज्यको राजस्व वृद्धि, सार्वजनिक सेवा विस्तार तथा कर प्रणालीलाई आधुनिक र दिगो बनाउने लक्ष्य लिएको […]
देउवा निवासमा नगद रहेको स्वीकारोक्ति? मीन विश्वकर्माको दाबीपछि फेरि चर्चामा जेनजी आन्दोलनको घटना

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले दिएको एक अभिव्यक्तिले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको आगजनी र त्यहाँ रहेको नगद रकमबारे नयाँ बहस सुरु भएको छ। विश्वकर्माले सार्वजनिक रूपमा, “भदौ २४ गते जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको निवासमा जलेको पैसा दशैं पेस्की र पार्टी कार्यालयका कर्मचारीको तलबका […]
कांग्रेसले सातवटै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने

काठमाडौं। नेपाली कांग्रेसले सातवटै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार चित्तबुझ्दो नभएको ठहर गर्दै कांग्रेसले सबै प्रदेशमा सहकार्य तोडने निर्णय गरेको कांग्रेसका एक नेताले बताए । पटकपटक शीर्ष नेताहरूबीच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने भएको हो । बुधबारमात्रै कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीहरूले […]
रास्वपा चाँगुनारायण आगामी स्थानीय तह निर्वाचनको तयारीमा, विज्ञ र सल्लाहकार समितिको जगमा ५ वर्षे गुरुयोजना बन्दै

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समिति आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र रणनीतिक योजना निर्माणमा सघन रूपमा जुटेको छ । तल्लो तहदेखि माथिल्लो तहसम्मका सांगठनिक अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरेसँगै नगर समितिले चुनावी र पालिका विकासको खाका कोर्न सुरु गरेको हो । पार्टीको मेरिटोक्रेसी (योग्यता प्रणाली) र खुला आह्वानको नीति अनुरूप नगर समितिले […]
विदेशी प्रभाव, एमसीसी र एसपीपीको विरोधका कारण श्रम संस्कृतिलाई कम मत आएको दाबी : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टीले निर्वाचनमा अपेक्षाकृत कम मत प्राप्त गर्नुका पाँच प्रमुख कारण रहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीले सिद्धान्तमा सम्झौता नगरेकै कारण जनमत सीमित भएको बताएका हुन्। साम्पाङले पहिलो कारणका रूपमा […]
सरकारमै रहेका व्यक्तिले सिंहदरबारको प्रणाली बिगारे : दुर्गा प्रसाईं

जनकपुरधाम । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रशासनिक तथा राजनीतिक प्रणाली सरकारमै रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्। सोमबार पूर्वसांसद धवलशम्शेर राणासँग जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै विगतमा सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू नै अहिले सत्तामा पुगेको दाबी गर्दै त्यसकै प्रभावले राज्य प्रणाली कमजोर बनेको टिप्पणी गरे। प्रसाईंले वर्तमान सरकारले १०० दिनको […]
एमालेको सुझाव संकलन अभियान सकियो, पुनर्गठन र नेतृत्वबारे मतभेद कायमै

काठमाडौँ । नेकपा एमालेले निर्वाचन पराजयको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सम्पन्न गरेको छ। प्रदेश, जनसंगठन, सम्पर्क समन्वय समिति, केन्द्रीय विभाग तथा निकायका नेताबाट सुझाव संकलन गरी त्यसका आधारमा आगामी निर्णय लिने तयारी गरिएको छ। उपाध्यक्षहरू, महासचिवलगायत केन्द्रीय पदाधिकारी विभिन्न प्रदेशमा पुगेर सुझाव संकलनमा सहभागी भएका थिए भने केही कार्यक्रममा अध्यक्ष केपी शर्मा […]
देउवा कांग्रेसले सम्पर्क कार्यालय असार २२ गते उद्घाटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले सम्पर्क कार्यालयको असार २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘हामीले महाराजगन्जमा सम्पर्क कार्यालयका लागि घर लिएका […]