Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हत्या गरिएका धुर्ब अधिकारीको परिवारलाई ५९ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2026
0 shares

खोटाङ । गत असार २५ गते खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा मोहोरियामा खुकुरी प्रहारबाट हत्या गरिएका धुर्ब अधिकारीको परिवारलाई ५९ हजार ८१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण मृतकको परिवारलाई काजकिरिया सञ्चालन गर्न समेत कठिनाइ भएको जानकारीपछि विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी राहतस्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो।

राहत संकलन अभियानका संयोजक राजकुमार कार्कीका अनुसार खोटाङबाट काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३३ जना सहयोगीबाट संकलित रकम शनिबार मृतकका दाजु राजन अधिकारीलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व संविधानसभा सदस्य विशाल भट्टराईसहित विभिन्न सहयोगदाता तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अभियानमा सक्रिय भवानीशंकर लुइटेलका अनुसार मृतक अधिकारीको परिवारको दयनीय आर्थिक अवस्थालाई ध्यानमा राख्दै मानवीय संवेदनाका आधारमा सहयोग अभियान सञ्चालन गरिएको हो। संकलित रकमले तत्कालका लागि परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

गत असार २५ गते छिमेकी तिलक सार्कीको घरमा ट्याक्टर जोतेर काम गरेको पारिश्रमिक माग्न जाँदा धारिलो खुकुरी प्रहारबाट करिब ३६ वर्षीय धुर्ब अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो। उक्त घटनापछि अपाङ्ग बाबु, श्रीमती र दुई नाबालिका छोरीको पालनपोषण तथा दैनिकीमा गम्भीर समस्या उत्पन्न भएको बताइएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहभागीहरूले स्वर्गीय धुर्ब अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए। साथै, समाजमा यस्ता दुःखद तथा हिंसात्मक घटना दोहोरिन नदिन सामुदायिक सचेतना, सामाजिक एकता र हिंसा न्यूनीकरणका अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • July 19, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved