Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बङ्गलादेशमा हुने १०औँ दक्षिण एसियाली च्याम्पियनसिप सोतोकान कराँते प्रतियोगिताका खेलाडीलाई सिङ्गो सोतोकान टिमले भव्य बिदाइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2026
0 shares

काठमाडौं । २०८३ आज असार ३० गते दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा बङ्गलादेशमा  १६  तारिख र १७ तारिख हुने १०औँ दक्षिण एसियाली च्याम्पियनसिप कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई विजयको अग्रिम शुभकामनासहित औपचारिक बिदाइ गरिएको छ।

अजय बलोन तामाङ नेपालका गौरवशाली कराँते खेलाडी हुन्। उहाँले सातौँ दक्षिण एसियाली खेलकुदमा रजत पदक तथा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाइसक्नुभएको छ।

यसपटक पनि उहाँसँगै सुजन तामाङले राष्ट्रको सम्मानका लागि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
बिदाइ कार्यक्रममा सोतोकानका दिलेन्द्र बैधे, बुद्धराज नेगी, धिर्जमान तामाङ, ऋषि लामा, प्रकाश श्रेष्ठ, धिरज उपरकोटी, रामनारायण, बिकबहादुर थामी, महमद आलम, पञ्च लामा, प्रेम सिंह, दीपक बरालीलगायत खेलाडी तथा प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै खेलाडी हरूलाई  हौसल दिँदै  सिनियार गुरू तथा सोतोकान केन्द्रीय टिमका धिर्ज मान तामाङले खेलाडी हरूलाई अनुसासन र मेहनत गर्नुपर्छ। आफ्नो जिम्मेवार र खेल प्रति र राष्ट्रको लागी मेहनत अनुशासन भएर खेल्नुपर्छ भन्दै खेलाडी हरूलाई हौसला अनुशासन र खेलको नियम बारे  खेलाडी शुभकामना  राख्नु भयो

अर्का खेलाडी सोतोकानका केन्द्रीय टिमका धिरज उपरकोटीले राष्ट्रका लागि खेल्ने खेलाडीहरूले आफ्नै खर्चमा यात्रा, बसोबास र प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने अवस्था दुःखद रहेको बताउनुभयो। उहाँले दुई पटक दक्षिण एसियाली स्तरमा पदक जितिसकेका खेलाडीसम्म राज्यको पर्याप्त सहयोग नपुग्नु गम्भीर विषय भएको उल्लेख गर्दै भन्नुभयो:
“राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरूलाई राज्यले आवश्यक लगानी, संरक्षण र प्रोत्साहन गर्नुपर्छ।

खेलाडीहरू आफ्नै खर्चमा विदेश गएर देशको झण्डा उचाल्न बाध्य हुनु उचित होइन। खेल क्षेत्रलाई प्राथमिकतामा राखी सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ।”
नेपालका सम्पूर्ण खेलप्रेमीका तर्फबाट अजय बलोन तामाङ, सुजन तामाङ तथा नेपाली टोलीलाई प्रतियोगिताको सफलताको हार्दिक शुभकामना। नेपालको झण्डा उच्च राख्दै स्वर्णिम सफलता हासिल गर्न सकोस् भन्ने कामना।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • July 19, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved