Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 6, 2026
0 shares

 

कृष्ण कुँवर (कर्नेलियस) (गणेश शर्माको सहयोगमा) पर्वत। ५४औँ विश्व वातावरण दिवसको अवसरमा पर्वत जिल्लाको फलेबास नगरपालिका–२ स्थित श्री थापाठाना माध्यमिक विद्यालयमा इको क्लब गठन, सरसफाइ अभियान तथा वातावरणीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

“समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा १७ सदस्यीय इको क्लब गठन गरिएको हो। क्लबको अध्यक्षमा कक्षा ८ की छात्रा रोशनी थापा चयन भएकी छन् भने दीप्सन रिजाल उपाध्यक्ष र मनिषा क्षेत्री सचिव बनेका छन्। क्लबको मार्गदर्शनका लागि शिक्षकद्वय लक्ष्मी तिवारी र सुमित्रा क्षेत्रीलाई जिम्मेवारी दिइएको छ भने पिस कोर स्वयंसेवक तथा वातावरण शिक्षक मनिष पनि क्लबसँग आबद्ध रहेका छन्।

दिवसको अवसरमा विद्यालय परिसर तथा थापाठाना बजार क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरिएको थियो। अभियानमा सहभागी विद्यार्थीहरूले सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहोर सङ्कलन गरी विद्यालयमा जम्मा गरेका थिए। सङ्कलित प्लास्टिकलाई आगामी दिनमा पुनः प्रयोग तथा पुनःचक्रणसम्बन्धी गतिविधिमा उपयोग गरिने विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापकको अध्यक्षता तथा सबडिभिजन वन कार्यालय थापाठानाकी वन अधिकृत हसिना चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक थानेश्वर शर्मा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै भावी पुस्ताको सुरक्षित भविष्यका लागि हरियाली प्रवर्द्धन, वन तथा जैविक विविधताको संरक्षण तथा प्रदूषण नियन्त्रणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। उनीहरूले जल, वायु, ध्वनि तथा भू–प्रदूषण न्यूनीकरणका लागि व्यवहारिक प्रयासहरू अपरिहार्य रहेको धारणा पनि व्यक्त गरे।

वक्ताहरूले विशेषगरी ‘ट्रिपल आर’ (Reduce, Reuse and Recycle) को अवधारणालाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिएका थिए। आवश्यकताभन्दा बढी उपभोग नगर्ने, प्रयोग गरिएका वस्तु पुनः प्रयोग गर्ने तथा फोहोरलाई पुनःचक्रण गरी उपयोगी वस्तुमा रूपान्तरण गर्ने बानीले वातावरणीय प्रदूषण घटाउन महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो। साथै आयआर्जनमूलक तथा वातावरणमैत्री वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिइएको थियो।

झण्डै २५० विद्यार्थीको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमको उद्देश्य वातावरणीय चेतना अभिवृद्धि, स्वच्छता प्रवर्द्धन तथा विद्यार्थीहरूमा प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्नु रहेको विद्यालयले जनाएको छ। नवगठित इको क्लबमार्फत आगामी दिनमा वृक्षारोपण, फोहोर व्यवस्थापन, पुनःचक्रण तथा वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने विद्यालयको योजना छ।

कार्यक्रमको सञ्चालन शिक्षक गणेश शर्मा बाट भएको थियो भने विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै विद्यालय र समुदायलाई हरित तथा स्वच्छ बनाउने अभियानमा थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • July 19, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved