Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनीतिबाट व्यवसायसम्म: मलेसियामा विजय मण्डल ‘बिर्जू’लाई ‘शीर्ष व्यापार उद्यमी’ पुरस्कार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2025
0 shares
सुमन बिश्वकर्मा, क्वालालम्पुर मलेसिया । नेपाली कांग्रेसका युवा नेता तथा भंगहा नगरपालिका (महोत्तरी) का पूर्व नगर प्रमुख पदका प्रत्याशी विजय मण्डल ‘बिर्जू’ मलेसियामा आयोजित एक विशेष समारोहमा TOP BUSINESS ENTREPRENEUR AWARD 2025 बाट सम्मानित भएका छन्।
उक्त पुरस्कार Youth United Council of India द्वारा आयोजना गरिएको कार्यक्रममा मलेसियाका प्रधानमन्त्री दातो श्री अनवर इब्राहिमका Private Secretary Officer (PSO) को हातबाट मण्डललाई प्रदान गरिएको हो।
कार्यक्रममा भारत, मलेसिया, नेपाललगायत विभिन्न देशका व्यवसायी, कूटनीतिज्ञ, समाजसेवी, र उद्योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्थाका अनुसार, मण्डलले “विदेशी भूमिमा व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वलाई सन्तुलनमा राख्दै समुदायप्रति समर्पित उदाहरणीय भूमिका निर्वाह गरेको” भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
पराजयलाई आत्मबलमा बदलेर  विजय मण्डलले सन् २०७९ मा स्थानीय तह निर्वाचनमा भंगहा नगर प्रमुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए। जनताबाट अत्यधिक समर्थन पाए तापनि अन्तिम चरणमा देखिएको राजनीतिक हस्तक्षेप र कथित मतगणना अनियमितताका कारण उनी सानो मतान्तरले पराजित हुन पुगे।
तर राजनीतिक पराजयबाट निराश नहुई, उनले व्यवसायिक क्षेत्रमा पुनः प्रवेश गरे। मलेसियामा विगत एक दशकदेखि निजी व्यवसाय सञ्चालन गर्दै आएका मण्डल लगनशीलता, इमानदारी र दूरदृष्टिका आधारमा सफल व्यवसायीका रूपमा स्थापित भएका छन् । नेपाली युवाहरूका लागि प्रेरणास्रोत उनको यो सम्मानले विदेशमा संघर्षरत नेपाली व्यवसायी र श्रमिकहरूका लागि सकारात्मक प्रेरणा प्रदान गरेको छ। मण्डलले सम्मान ग्रहणपछि भने,यो पुरस्कार मेरो मात्र होइन, सम्पूर्ण नेपाली समुदायको हो। विदेशमा रहेर पनि नेपालीको पहिचान, प्रतिष्ठा र योगदान देखाउन सकिन्छ भन्ने सन्देश दिन पाउँदा गर्व लाग्छ।
स्थानीयस्तरमा पुनः उम्मेदवारीको चर्चा भंगहा नगरपालिकामा मण्डलप्रति जनविश्वास अझै मजबुत देखिएको छ। स्थानीयवासीहरूका अनुसार, आगामी निर्वाचनमा उनी फेरि नगर प्रमुख पदका लागि उम्मेदवार बन्ने चर्चा छ। नागरिकहरू आशावादी छन् कि मण्डलको नेतृत्वमा भंगहा नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिने नमूना नगरपालिका बनाउने लक्ष्य पुरा हुनेछ।
राजनीति, व्यवसाय र सामाजिक सेवा — यी तीनवटै क्षेत्रमा सक्रिय विजय मण्डल ‘बिर्जू’को यो सफलताले प्रमाणित गरेको छ कि इमानदार प्रयास, दूरदृष्टि र निष्ठा जहाँ भए पनि पहिचान र सम्मान दिलाउन सक्षम हुन्छ। मण्डलको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली युवाको सामूहिक प्रेरणा हो।
विदेशी भूमिमा नेपाली पहिचानको झण्डा फहराउँदै विजय मण्डल ‘बिर्जू’ले आफ्नो व्यवसायिक यात्रा मलेसियामा सामान्य प्रयासबाट सुरु गरेका थिए। श्रम, संघर्ष र स्वाभिमानलाई आत्मसात गर्दै उनले मलेसियामा विभिन्न क्षेत्रहरूमा व्यवसाय विस्तार गरे — जसमा रोजगार सेवा, आपूर्तिकर्ता सेवा (supply chain) र रेस्टुराँ व्यवसाय प्रमुख छन्। दर्जनौँ नेपाली युवाहरू आज उनको संस्थामार्फत रोजगारीमा आवद्ध छन्, जसले नेपाली श्रमिक समुदायमा आत्मनिर्भरताको भावना फैलाएको छ।
साथै, मण्डलले आपतकालीन अवस्थामा समुदायका लागि मानवसेवा, रक्तदान, उद्धार सहयोग, र स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेका छन्। राजनीतिमा सक्रिय रहँदा विजय मण्डलले “भंगहालाई सुशासित, समृद्ध र समावेशी नगर” बनाउने दृष्टिकोण प्रस्तुत गरेका थिए। चुनावताका उनले प्रस्तुत गरेको ‘स्वस्थ भंगहा, शिक्षित भंगहा, रोजगारीयुक्त भंगहा’ भन्ने नाराले हजारौँ युवाहरूमा जागरण ल्याएको थियो।
राजनीतिक प्रतिस्पर्धा हुँदा पनि उनले प्रतिद्वन्द्वीहरूलाई कहिल्यै व्यक्तिगत रूपमा आलोचना गरेनन्, र सधैँ सकारात्मक एजेण्डा र विचारको राजनीतिमा विश्वास राखे। पुरस्कार ग्रहणपछि विजय मण्डलले विशेषतः विदेशमा रहँदै संघर्षरत नेपाली युवाहरूप्रति एउटा भावनात्मक सन्देश दिएका थिए, “जहाँ पुगेर काम गरिरहनु भएको छ, त्यो देशलाई आफ्नो दोस्रो घर सम्झनुहोस्। कर्म गर्ने ठाउँमा इमान र अनुशासन कायम गर्नुहोस्। माया, मेहनत र निष्ठाको सम्मान सधैं हुन्छ। नेपालीहरू सक्षम छन् भन्ने प्रमाण दिनुहोस्, र भविष्यमा नेपाल फर्केर केही दिने सपना साँच्नुहोस्।”
हाल मलेसियामा व्यवसायीक रूपमा स्थापित भए पनि विजय मण्डलको मन आज पनि आफ्नै जन्मभूमि भंगहासँग गाँसिएको छ। स्थानीयहरूका अनुसार, २०७९ मा उनले देखाएको दृष्टिकोण र व्यवहार अझै जनताको मनमा बसेको छ। धेरैले २०७९ को निर्वाचनमा भएको अन्याय पुनः दोहोरिन नदिने दृढ संकल्प व्यक्त गरिरहेका छन्। यसपटक मण्डलले उम्मेदवारी दिंदै भंगहाको पुर्ननिर्माण र समृद्धिको नयाँ खाका लिएर आउने विश्वास गरिएको छ।
विजय मण्डल ‘बिर्जू’ अब केवल एक व्यवसायी वा राजनीतिक नेता मात्र होइनन् — उनी समुदाय, संघर्ष र सम्भावनाको समुच्चय हुन्। मलेसियामा उनले पाएको सम्मान नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा एउटा ईटा थपिएको जस्तो हो। यसले भोलिका दिनहरूमा नेपाली डायस्पोराको भूमिका झनै सशक्त बन्ने संकेत दिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्...

  • July 20, 2026

रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्‍यो

  • July 20, 2026

 राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

  • July 20, 2026

मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौ...

  • July 20, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

  • July 20, 2026

पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

  • July 19, 2026

कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै ए...

  • July 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved