लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्षणका लागि मात्रै कार्यालय जानुपर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। विभागका अनुसार अब नयाँ लाइसेन्सको आवेदन, नवीकरण, राजस्व भुक्तानीलगायत सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ। विभागले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। अब सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको पोर्टलमा […]
रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्यो

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। आइतबार गौरमा आयोजित पत्रकार सम्मेलनमा एसपी सीताराम रिजालले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको, ४४८ फरार प्रतिवादी पक्राउ गरिएको तथा उनीहरूबाट ७६ वर्ष […]
राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ। त्यस्तै सार्वजनिक नीति तथा […]
मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ । यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीन वटै दल मन्त्रालयको सङ्ख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन् । मधेस सरकारमा हाल १२ वटा मन्त्रालय छन् । मन्त्रालय सङ्ख्या घटाएर ९ वटा मात्र राख्ने गृहकार्य सुरु भएको […]
अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

कृष्ण कुँवर (कर्नेलियस) -अबुधाबी — अतिरिक्त समयको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका लागि निर्णायक गोल खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरे। ६२औँ मिनेटमा मैदान […]