कर्मचारी सेवासम्बन्धी विनियमावली तत्काल स्वीकृत गर्न भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको माग

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्। अस्पतालले तयार गरी स्वीकृतिका लागि पठाएको विनियमावली हालसम्म स्वीकृत नभएको भन्दै उनीहरूले यसले अस्पतालमा कार्यरत करिब ३७२ जना कर्मचारीको भविष्य अन्योलमा परेको बताएका छन्। बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा कर्मचारीहरूले भक्तपुर क्यान्सर अस्पताल विकास […]
कांग्रेसले सातवटै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने

काठमाडौं। नेपाली कांग्रेसले सातवटै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार चित्तबुझ्दो नभएको ठहर गर्दै कांग्रेसले सबै प्रदेशमा सहकार्य तोडने निर्णय गरेको कांग्रेसका एक नेताले बताए । पटकपटक शीर्ष नेताहरूबीच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने भएको हो । बुधबारमात्रै कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीहरूले […]
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनले विद्यालय व्यवस्थापन समितिको अधिकार संकुचित गरेको, समुदायको भूमिकालाई कमजोर बनाएको तथा सार्वजनिक शिक्षालाई थप चुनौतीमा पारेको भन्दै तत्काल संशोधन सच्याउन सरकारसँग माग गरेको छ। अनामनगरस्थित शिक्षा पत्रकार समूहको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष काशीनाथ दंगालले नियमावलीका विभिन्न प्रावधानप्रति महासंघको […]
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ […]
पाँच वर्षदेखि अस्थायी शिविरमै पहिरोपीडित, स्थायी पुनःस्थापनाको पर्खाइ अझै सकिएन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ पहिरोपीडित परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै बस्न बाध्य भएका छन्। विसं २०७८ असार २४ गते आएको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि सुरक्षित स्थानमा सारिएका उनीहरूको स्थायी पुनःस्थापनाको प्रक्रिया भने अझै टुङ्गोमा पुग्न सकेको छैन। पहिरो लगत्तै विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापितहरू हाल हुप्सेकोट–१ […]
प्रतिनिधि सभाको बैठक दिउँसो १:०० बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभाको मिति २०८३ असार ३१ गते (बुधबार) बस्ने तय भएको बैठकको समय परिवर्तन गरिएको छ। यसअघि बिहान ११:०० बजेका लागि निर्धारण गरिएको बैठक अब दिउँसो १:०० बजे बस्ने भएको हो। संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार विशेष कारणवश सम्माननीय सभामुखको निर्देशनमा बैठकको समय परिवर्तन गरिएको जनाइएको छ। सचिवालयले बैठकको […]
कीर्ते कागजसम्बन्धी मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय

काठमाडौँ । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर हुने फैसला सुनाएको हो। गत असार २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधानसभा सदस्य गायत्री साह, […]
आजदेखि देशभर पुनः १४.२ केजीको भरी ग्यास सिलिण्डर बिक्री वितरण

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि देशभर पुनः १४.२ केजी क्षमताको एलपी ग्यास (एलपीजी) सिलिण्डर बिक्री–वितरण सुरु गरेको जनाएको छ। निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतबाट हुने ग्यास आपूर्तिमा सुधार आएपछि साविककै परिमाणको ग्यास सिलिण्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख गरेको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास […]
‘कालो सुन’ अलैँचीले फेरिँदै लमजुङ : विदेशबाट फर्किएका युवाको रोजाइ बन्यो व्यावसायिक खेती

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँची खेतीले लमजुङका किसानको जीवनस्तर सुधार्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । विसं २०४१ देखि विस्तार हुन थालेको अलैँची अहिले जिल्लाको प्रमुख नगदेबाली बनेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत यस खेतीमा आकर्षित भएपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय […]
देशभर मनसुन सक्रिय, कोशीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले देशभर साधारणता बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]