सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्रसारणको परीक्षण गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले पहिलो पटक इजलासमा भएको सुनुवाइको प्रत्यक्ष प्रसारणको परीक्षण गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइलाई भिडियो माध्यम ‘यु–ट्युब’ मार्फत प्रत्यक्ष प्रसारण गरेको हो। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिसमक्ष पेस गरेको कार्ययोजना अनुरूप अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारणको परीक्षण गर्ने काम […]
नझरेकाफुलहरुले गर्यो श्रद्धेय गणेश रसिकको स्मृतिमा “श्रद्धाञ्जली साँझ” को आयोजना

हिमांशु राय -मोरङ /वरिष्ठ स्रष्टा श्रद्धेय गणेश रसिकज्यूको स्मृतिमा नझरेका फूलहरू” द्वारा मोरङको ईन्द्रपुर नगरपालिका विराटचौकको प्लानेट लाउन्ज स्थित ‘श्रद्धाञ्जलि साँझ’ समारोहको आयोजना सु सम्पन्न गरेको छ। नेपाली साहित्य तथा संस्कृति क्षेत्रमा गणेश रसिक अत्यन्तै महत्त्वपूर्ण ब्याक्तीत्वका रुपमा चिरपरिचित छन्।त्यसो त उनले नेपाली गीत संगीत,साहित्य र संस्कृतिको लागि ठूलो त्याग र वलिदान गरेको स्मरण गर्न […]
सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक […]
सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने, माधव नेपाल र वर्षमान पुन सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने भएको छ। पार्टी स्रोतका अनुसार बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुनेछन्। उनको सट्टा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र नेता वर्षमान पुनले नेकपाको प्रतिनिधित्व गर्ने तयारी गरिएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय […]
असार १ गतेदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । धितोपत्र कारोबारका लागि आवश्यक हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा नवीकरण गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आगामी असार १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो। सीडीएससीका अनुसार नयाँ डिम्याट खाता खोल्ने तथा पुराना खाता नवीकरण गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचयपत्र […]
नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बैंकद्वारा घोषणा

काठमाडौँ । नबिल बैंक र माछापुच्छ्रे बैंकले आइतवार नेपाल र भारतबीच अनलाइन माध्यमबाट एकअर्को देशको बैंक खातामा रकम स्थानान्तरण गर्न सकिने सेवा शुरू गरेको जानकारी गराएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका अवसरमा दुई देशबीच अनलाइनमार्फत ‘क्रश बोर्डर रकम ट्रान्सफर’ सेवा शुरू भएको घोषणाको भोलिपल्ट नेपालका यी दुई बैंकले तत्काल सेवा सञ्चालनमा ल्याएको जानकारी […]
वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य

काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गरिएपछि सहभागिता बढे पनि अधिकांशले नियमित योगदान नगरेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । कोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ १२ गतेसम्ममा २२ लाख ६२ हजार वैदेशिक रोजगारीमा रहेका नेपाली यस योजनामा आबद्ध भइसकेका छन् । यसको तुलनामा स्वदेशको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको […]
रास्वपा बागमती प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन जेठ २६ गते हेटौंडामा हुने

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिको पहिलो ऐतिहासिक प्रदेश अधिवेशन आगामी जेठ २६ गते मकवानपुरको हेटौंडास्थित हिमालयन दरबारमा आयोजना हुने भएको छ। पार्टीको प्रदेश संगठन निर्माण, नेतृत्व चयन तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अधिवेशनमा पार्टीका सभापति रवि लामिछाने सहित केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहने […]
रास्वपा लमजुङको सभापतिमा अशोक सापकोटा सर्वसम्मत चयन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ जिल्ला समितिको सभापतिमा अशोक सापकोटा सर्वसम्मत रूपमा चयन भएका छन्। प्रारम्भिक निर्वाचनमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि कसैले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दोस्रो चरणको मतदानको तयारी गरिएको थियो। तर, दोस्रो स्थानमा रहेका उम्मेदवार भोलानाथ शर्माले सापकोटालाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो। निर्वाचन परिणामअनुसार सापकोटाले […]
‘रास्वपा’ चितवनको सभापतिमा माधव खनाल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन्। सभापति पदका लागि उम्मेदवार बनेका कृष्ण प्रसाद भुसाल र प्रकाश आचार्यलाई हराउँदै खनालले नेतृत्व हात पारेका हुन्। खनालले २२२ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुसालले […]