लाइसेन्सका सबै सेवा आजदेखि पूर्ण रूपमा अनलाइन, स्वास्थ्य परीक्षणका लागि मात्रै कार्यालय जानुपर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। विभागका अनुसार अब नयाँ लाइसेन्सको आवेदन, नवीकरण, राजस्व भुक्तानीलगायत सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ। विभागले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। अब सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको पोर्टलमा […]
रौतहट प्रहरीले एक वर्षमा ६ करोडका भन्सार छलीका सामान बरामद गर्यो

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। आइतबार गौरमा आयोजित पत्रकार सम्मेलनमा एसपी सीताराम रिजालले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको, ४४८ फरार प्रतिवादी पक्राउ गरिएको तथा उनीहरूबाट ७६ वर्ष […]
राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठक बस्ने

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ। त्यस्तै सार्वजनिक नीति तथा […]
मधेस प्रदेशमा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीकै गठबन्धन कायम रहने भएको छ । यही गठबन्धनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका तीन वटै दल मन्त्रालयको सङ्ख्या कटौती र मन्त्री हेरफेरको तयारीमा जुटेका छन् । मधेस सरकारमा हाल १२ वटा मन्त्रालय छन् । मन्त्रालय सङ्ख्या घटाएर ९ वटा मात्र राख्ने गृहकार्य सुरु भएको […]
अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता बन्यो

कृष्ण कुँवर (कर्नेलियस) -अबुधाबी — अतिरिक्त समयको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका लागि निर्णायक गोल खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरे। ६२औँ मिनेटमा मैदान […]
पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अमलटारी क्षेत्रमा खसेको पहिरो पन्छाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। पहिरोका कारण रोकिएको सवारी आवागमन आज बिहानदेखि पुनः सुचारु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा लगातारको वर्षापछि पहिरो खस्दा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुवाहक तथा […]
कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै एमाले

काठमाडौं। नेपाली कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले पार्टीको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो। यसअघि एमाले केन्द्रीय नेतृत्वले पनि प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो। बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको […]
प्रयोगशालामा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तर पुष्टि भएपछि वाईवाईसहित चार ब्रान्डका इन्स्ट्यान्ट चाउचाउका निश्चित ब्याच बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न सम्बन्धित उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। विभागका अनुसार बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाको परीक्षण गर्दा बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिबाट उत्पादित चार प्रकारका चाउचाउ खाद्य […]
हत्या गरिएका धुर्ब अधिकारीको परिवारलाई ५९ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग

खोटाङ । गत असार २५ गते खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा मोहोरियामा खुकुरी प्रहारबाट हत्या गरिएका धुर्ब अधिकारीको परिवारलाई ५९ हजार ८१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण मृतकको परिवारलाई काजकिरिया सञ्चालन गर्न समेत कठिनाइ भएको जानकारीपछि विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी राहतस्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो। राहत संकलन […]
फिफा विश्वकपका तेस्रो स्थान र फाइनल खेल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार फिफा विश्वकप २०२६ अन्तर्गत आज राति हुने तेस्रो स्थानका लागि प्रतिस्पर्धा तथा भोलि राति हुने फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण गरिने भएको छ। यस निर्णयसँगै नेपाली फुटबल समर्थकले अतिरिक्त शुल्क नतिरी राष्ट्रिय प्रसारणमार्फत विश्वकपका अन्तिम दुई महत्वपूर्ण खेल हेर्न पाउने भएका छन्। मन्त्रीले […]